Ad Image

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदेछ कारोबार?

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । आइतबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ ।

शुक्रबार यसकै मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ थियो । १० ग्राममा सुनको मूल्य १ लाख ६७ हजार ३५५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर आइतबार २ हजार १६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँ थियो ।