Ad Image

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६० अर्ब झिक्दै

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Nepal-Rastra-Bank.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ ।

राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरी बढी तरलता व्यवस्थापन गर्न लागेको हो । पछिल्लो समय बजारमा पैसाको मात्रा धेरै भएपछि राष्ट्र बैंकले सातामा कम्तीमा दुईपटक रकम झिक्ने कार्य गर्दै आएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरिएको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा बाँकी रकम निःशेष गरिने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

बोलकबोल ब्याजदरको आधारमा गर्नुपर्नेछ र बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउने छन् ।

संकलित निक्षेप अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।