Ad Image

यस्ता छन् रास्वपाको केन्द्रीय समिति बैठकका ६ बुँदे निर्णय

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp kendriya samiti.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तेस्रो स्थापना दिवसका अवसरमा बसेको केन्द्रीय समिति बैठकबाट ६ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक निर्णयअनुसार पार्टीले सुसंस्कृत राजनीतिको पक्षमा अडिग रहने जनाउँदै नेतृत्व पुनः संयोजन गरेको छ ।

बैठकले विपिनकुमार आचार्यलाई प्रशिक्षण विभाग प्रमुख, मनिष झालाई अभियान तथा प्रचारप्रसार विभाग प्रमुख बनाएको छ । प्रवक्तामा झा र महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई नियुक्त गरिएको छ ।

रास्वपाले सभापति रवि लामिछानेविरुद्ध भएको ’राजनीतिक प्रतिशोध’ भन्दै सुरु गरिएको हस्ताक्षर अभियान देशव्यापी रुपमा लैजाने निर्णय पनि गरेको छ ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीका सदस्य, शुभचिन्तकहरूलाई आपसी गुनासाहरू बिर्सेर एक ढिक्का भएर अघि बढ्न आग्रह गरेका छन् ।