तिलागुफा नगरपालिका –८ को टाकुल्लामा पहिरो जाँदा राजमार्ग अवरुद्ध, सर्तक रहन आग्रह
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले कर्णाली राजमार्गमा बर्षातको समयमा पहिरोको जोखिम उच्च रहेकाले बिषेश ध्यान दिएर यात्रा गर्न पटक–पटक सूचना गर्ने गरेको बताए।
No Author Assigned | २०८१ साउन ६ गते २१:२१
कालीकोटको तिलागुफा नगरपालिका –८ को टाकुल्लामा गएको पहिरोले कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्डको यातायात सेवा बन्द छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले कर्णाली राजमार्गमा बर्षातको समयमा पहिरोको जोखिम उच्च रहेकाले बिषेश ध्यान दिएर यात्रा गर्न पटक–पटक सूचना गर्ने गरेको बताए।
जिल्ला प्रहरी कार्यालय कालीकोटले केही समयअघि ठुलो पहिरो गएकाले यात्रा गर्दा सबै सूचना लिएर मात्र गर्न सुझाव दिएको छ । डिपिओ नाम दिएको सामाजिक सञ्जाल ग्रुपमा पहिरोका कारणले कालीकोट–जुम्लाखण्ड अबरोध भएकाले तत्काल कसैलाई पनि यात्रा नगर्न सुझाव दिएको छ ।
Facebook Comments