एमालेको सचिवालय बैठक आज बस्दै
मेयरसाप डेस्क
|
२०८२ असार ११ गते ०६:५६
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्नेछ । बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ।
Facebook Comments