Ad Image

अभिनेत्री कोइरालाले गरिन् रवि लामिछानेको न्यायका लागि हस्ताक्षर

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/manisha.JPG

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर अभियानमा सहभागी भएकी छन् ।

आज बनस्थलीस्थित रास्वपा कार्यालय पुगेर मनिषाले हस्ताक्षर गरिन् । हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले राज्यबाट रवि लामिछानेमाथि अन्याय र दुव्र्यवहार भइरहेको बताएकी छन् ।

‘म कुनै पार्टीमा आबद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो। त्यतिमात्र भन्नु छ,’ उनले भनिन् । 

रवि लामिछानेलाई अन्याय भएको हो भन्ने प्रश्नमा उनले ’डेफिनेट्ली’ भन्दै जवाफ दिएकी थिइन् ।