काठमाडौं महानगरको बजेट असार २९ गते आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट आगामी असार २९ गते (आइतबार) सार्वजनिक हुने भएको छ ।
मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार दिउँसो २ बजे नगरसभा बस्ने जानकारी दिएका छन् । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक पनि बस्नेछ ।
शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले यो प्रस्ताव गरेका थिए । आजै काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।
राजश्व परामर्श समितिको बैठकले यो सीमा निर्धारण गरेको हो । आइतबार नगरसभामा सोही बराबरको बजेट सार्वजनिक गरिनेछ ।