Ad Image

चन्द्रागिरि नगरपालिकामा २ अर्ब ९३ करोडको बजेट पारित

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hbsgjhacg.jpg

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२\८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।  

नगरसभाको १६ औं अधिवेशनले चालुखर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२\८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।

उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्नुहुँदै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे ।