Ad Image

कल्याणपुर नगरपालिकाका मेयर १ लाख घुससहित रंगेहात पक्राउ

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/unblurimageai_Untitled Project.jpg

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार दिउँसो पौने २ बजेतिर नगरपालिका कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

एक उपभोक्ता समितिसँग पूर्ण भुक्तानीका लागि घुस लिइरहेका बेला अख्तियारले उनलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

हाल अख्तियारको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान र मुचुल्का उठाउने काम गरिरहेको छ ।