‘कुलिङ पिरियड’ प्रकरणः छानबिन समितिले गर्यो सभापति खतिवडासँग सोधपुछ

काठमाडौं । संसदीय छानबिन समितिले ’कुलिङ पिरियड’ सम्बन्धी त्रुटिबारे राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ सुरु गरेको छ ।
संघीय निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष पर्खनुपर्ने ’कुलिङ पिरियड’ को व्यवस्था राज्य व्यवस्था समितिले गरेको थियो ।
तर, प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा उक्त व्यवस्थासँग बाझिने गरी पुरानो विधेयकको प्रावधान कायमै राखिएको सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो ।
सांसदहरूले षड्यन्त्र भएको भन्दै छानबिनको माग गरेपछि सभामुख देवराज घिमिरेले जीवन परियारको संयोजकत्वमा संसदीय छानबिन समिति गठन गरेका थिए ।
सोही समितिले बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा खतिवडासँग सोधपुछ गरेकाे हाे ।