Ad Image

अन्ततः जसपा नेपालद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Jasapa_zmCwCdk2Ez.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो ।

जसपाले भूमि विधेयकका अन्तर्वस्तुलाई लिएर आफ्नो अडान कायम राख्दै समर्थन फिर्ता लिएको हो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूसँग भएको भेटवार्तामा भूमि विधेयक र सत्ता सहकार्यबारे छलफल भए पनि जसपा आफ्नो अडानबाट पछि हटेको थिएन ।

कार्यकारिणी समितिले केही समयअघि नै समर्थन फिर्ता लिने निर्णय गरे पनि शीर्ष नेताहरूसँगको संवादका कारण निर्णय घोषणामा ढिलाइ भएको थियो ।