Ad Image

मेयर बालेनलाई प्रश्न– न्यूरोडको व्यापार बन्द गर्न खोजेको हो ?

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GD_KTM_DG_8929.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभामा महानगर प्रहरीको ज्यादतीको विषयमा उठेको छ ।

वडा नम्बर २२ का सदस्य चन्द्रमान तुलाधरले न्यूरोड क्षेत्रमा पार्किङ गर्दा तत्कालै ‘ह्विल लक’ गरेर आतङ्क मच्चाएको भन्दै मेयर बालेन्द्र शाह (बालेन) समक्ष प्रश्न उठाएका छन् ।

न्यूरोडमा पार्किङ गर्न नपाउँदा करिब १०० वटा पसल बन्द भइसकेको दाबी गर्दै तुलाधरले ‘न्यूरोडको व्यापार बन्द गर्न खोजेको हो?’ भनी मेयरलाई सोधे । 

उनले कालोपत्रेमा सवारी रोक्न नपाउने नियमको विरोध पहिलादेखि नै रहेको र अहिले पनि जारी रहेको बताए । 

साथै, वडा सदस्य तुलाधरले टुँडिखेलमा सेनाको हस्तक्षेप हटाउन र खुल्लामञ्चमा पार्क बनाउनुपर्ने मागसमेत गरेका छन् ।