Ad Image

रास्वपाले पत्रकार सम्मेलन गर्दै, समसामयिक विषयमा धारणा सार्वजनिक गरिने

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp party.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बुधबार) दिउँसो साढे ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दैछ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार यो सम्मेलनमा समसामयिक राजनीतिक घटनाक्रममा पार्टीको धारणा सार्वजनिक गरिनेछ ।

पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेप्रति भएको ’राजनीतिक प्रतिशोध’ भन्दै चलाइएको हस्ताक्षर अभियान र सदन बहिष्कारको विषयमा जानकारी गरिने जनाइएको छ । 

साथै रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार र कार्यविधि लगायतका विषयमा समेत रास्वपाले आफ्नो भनाइ राख्नेछ ।