रास्वपाको नाम र चुनाव चिह्न हटाउन निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाममा रहेको ’स्वतन्त्र’ शब्द हटाउन र चुनाव चिह्न ’घण्टी’ बदल्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । आफूलाई अभियन्ता बताउने युवराज सफलले बिहीबार आयोगमा यो निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा भनिएको छ, ‘स्वतन्त्र शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको तथा जनमतलाई भ्रमित पारेको छ, किनकि पार्टीका आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन् ।’
यसैगरी, ‘घण्टी’ चुनाव चिह्नले हिन्दु धर्मको धार्मिक आस्थामाथि आघात पुर्याएको र धर्मनिरपेक्षताको मर्मविपरीत भएको दाबी गरिएको छ । रवि लामिछानेको नेतृत्वमा गठन भएको रास्वपा हाल संसदको चौथो ठूलो दल हो ।