Ad Image

भूमिमन्त्रीलाई ‘बा’को संरक्षण, मधेशीलाई चाहिँ राजीनामा !

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/exulisve.jpg

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै कडा आपत्ति जनाएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै बालुवाटार र च्यासलको शीर्ष नेतृत्व रहुन्जेल मन्त्री अधिकारीलाई जे गर्न पनि छुट भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ।’

उस्तै प्रकृतिको भ्रष्टाचार आरोपमा राजकुमार गुप्तालाई मधेशी मूलको भएका कारण राजीनामा दिन बाध्य पारिएको उनको भनाइ छ । यादवले भूमिमन्त्री अधिकारीको अडिओ लगायतका प्रमाणहरू छ्यापछ्याप्ती हुँदा पनि ‘बा’ र अधिकारीको ‘सगोत्री समुदाय’ मौन रहेको आरोप लगाएका छन् ।

उनले यदि अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्रीले एकपल पनि नगुमाई राजीनामाको फरमान जारी गर्ने थिए भनी टिप्पणी गरेका छन् ।

उनको भनाइ जस्ताको तस्तै: