घुस अडिओ प्रकरणमा राजीनामा नदिने मन्त्री अधिकारीको घोषणा
No Author Assigned | २०८२ साउन १ गते १८:३३
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूमाथि लागेको ३२ लाख घुसको अडिओ प्रकरणमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ।’
पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा घुस लिएको दाबीसहितको नयाँ अडियो क्लिप बाहिरिएपछि मन्त्री अधिकारी विवादमा तानिएका हुन् ।
यसै प्रकरणमा यसअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए ।
Facebook Comments