Ad Image

एमाले सचिवालय बैठक : १९ पदाधिकारीबाट ११ सदस्यीय बनाउने तयारी

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RSSImage2025-07-17at1.57.22PM.jpg

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पार्टीको पदाधिकारी संख्या घटाउने प्रस्ताव पेस भएको छ । बिहीबार बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा यो विषय समेटिएको एक नेताले जानकारी दिए ।

प्रस्ताव अनुसार, हालका वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारीको सट्टा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ५ सचिवसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिनेछ । यसका साथै, संशोधित विधानमा १९९ केन्द्रीय सदस्य रहने उल्लेख छ ।

दिउँसो साढे १ बजेदेखि सुरु भएको सचिवालय बैठकमा उक्त प्रस्तावमाथि छलफल जारी रहेको र बैठक अझै लम्बिने नेताहरूले बताएका छन् ।