Ad Image

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सर्वोच्चको ताकेता

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbchha adalat.JPG

काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने यसअघिको आफ्नो आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई पुनः ताकेता गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आज नै निर्वाचन आयोगलाई यो ताकेतासहितको आदेश दिएको हो ।

सर्वोच्च अदालतले २०७४ चैत ७ गते अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएपछि अदालतले आयोगलाई यो ताकेता गरेको हो ।

अदालतको आदेशमा भनिएको छ, “विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिनसक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहेको नागरिकहरूको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान हुनसक्ने वातावरण मिलाउनू।”