डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न : सीजी कम्युनिकेशन विजेता


ललितपुर । भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १४ कम्पनीका १७ टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सहभागी १७ टोलीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेलहरू खेलाइएको थियो। समूह चरणपछि Aqore Software, IME Limited, Optinet Solution, IME Cooperative, Nepal Digital Service, CG Communication, DishHome Internet र Amnil Technology क्वाटर–फाइनलमा प्रवेश गरे । सेमी–फाइनलमा प्रवेश गरेका चार टोलीमध्ये सीजी कम्युनिकेशन लिमिटेड र नेपाल डिजिटल सर्भिसले फाइनलको यात्रा तय गरेका थिए ।
’स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित फाइनल खेलमा सीजी कम्युनिकेशन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पार्यो । सीजीका खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरे। तेस्रो स्थानका लागि भएको खेलमा Optinet Solution ले IME Cooperative लाई हराउँदै तेस्रो स्थान हासिल गर्यो ।
विजेता CG Communication, उपविजेता Nepal Digital Service, र तेस्रो स्थान प्राप्त Optinet Solution ले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा(Optinet Solution) र उत्कृष्ट गोलकिपरमा लोकेन्द्र तामाङ (CG Communication Ltd) चयन भए ।
समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए । डिशहोमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र आगामी वर्षहरूमा पनि सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरेको छ ।