रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जना घाइते

User Image मेयरसाप डेस्क | २०८२ असार ३१ गते १३:४३
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ । वडा नं २ को बादँरपानी, रुघाहँुदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । मा परेको हो 

प्रहरीका अनुसार घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा छन् । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीचौकी सिम्रुतुले जनाएको छ । 

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी जनाएको छ । घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ ।


Facebook Comments