ओखलढुङ्गामा करेन्ट लागेर १ जनाको मृ*त्यु


ओखलढुङ्गा । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बसिरहेका थिए ।
सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उनको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।