Ad Image

अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार वितरण

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Goat1.jpg

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा उन्नत जातका बाख्रा र मौरीसहितका घार वितरण गरेको छ । 

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउन १६ जनालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए ।

“आवश्यकताका आधारमा अनुदानका लागि निवेदन पेस गर्न माग गरिएको थियो”, उनले भने, “मागका आधारमा नौ जनालाई बाख्रा, चार जनालाई मौरीका घार, एक जनालाई काठ चिर्ने मेसिन, एक जनालाई सिलाइ मेसिन र एक जनालाई ‘ड्राइपट’ उपलब्ध गराइएको हो ।”

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका लक्षित वर्गलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यसहित अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बञ्जराले बताए ।