पदाधिकारी अद्यावधिक गर्न ढिला गरेपछि निर्वाचन आयोगप्रति रास्वपा सशंकित


काठमाडौं । पदाधिकारी हेरफेर सम्बन्धी पार्टीको निर्णय अद्यावधिक नभएको विषयमा निर्वाचन आयोगप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सशंकित भएकाे छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र कानुन विभागका सदस्यहरूले आइतबार आयोग पुगेर अध्यावधिमा भएको ढिलाइप्रति जिज्ञासा राखेका हुन् । यस विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कागजात अध्ययनकै क्रममा रहेकाले अध्यावधि गर्न ढिलाइ भएको बताए ।
बुर्लाकोटीका अनुसार, ’सिस्टमले राम्रोसँग काम नगर्दा ढिलाइ भएको’ र उनीहरूले आयोगलाई छिटो अध्यावधि गर्न आग्रह गरेका छन् । रास्वपाले असार ७ गते बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको थियो ।
तर, पार्टीको यो निर्णयलाई चुनौती दिँदै पूर्वमहामन्त्री डा. मुकुल ढकालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले आफू नै रास्वपाको महामन्त्री रहेको दाबी गर्दै आएका छन् ।