रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु


काठमाडौं । रसुवास्थित नेपाल–चीन रसुवागढी नाकामा बाढीले बगाएको मितेरी पुलको अस्थायी निर्माण कार्य सुरु भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्थायी पुल निर्माण भइरहेको भिडियो सार्वजनिक गर्दै यो जानकारी गराएको हो ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भएको भेटमा दशैंअगाडि नै अस्थायी रूपमा पुल सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो ।
मन्त्रालयका अनुसार, भेटमा चीनले पुल निर्माणको प्रतिबद्धता जनाएको थियो ।