Ad Image

सभामुख घिमिरेद्वारा कलाकारसँग अन्तरक्रिया

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/PradeeprajOnta_KTM_RSS_04_7R9A8406.jpg

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ’मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’का कलाकारसँग अन्तरक्रिया गरेका छन् ।

‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को आयोजनामा चलेका यी रियालिटी शोले विश्वभर छरिएका नेपाली प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

घिमिरेले यस्ता कार्यक्रमले नेपाली भाषा, संस्कार र सङ्गीतलाई विश्व मञ्चमा पुर्याएको र नयाँ पुस्तामा सांस्कृतिक गर्वको भावना जगाएको उल्लेख गरे ।

इन्ट्रा फाउन्डेसनका कार्यकारी निर्देशक चुणामणि भट्टराईले दक्षिण अफ्रिका र अन्टार्कटिकाबाहेक करिब ६० मुलुकका नेपालीहरू यस अभियानसँग जोडिएको र २३ मुलुकका नेपाली कलाकार नेपाल आएको बताए ।

सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी)का सञ्चालक सदस्य फुलमान बल र इन्ट्रा फाउन्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले यी शोले सांस्कृतिक र राष्ट्रियताबीचको सम्बन्धलाई जोड्न सफल भएको बताए ।

कार्यक्रममा उत्कृष्ट १० मा परेका कलाकार, प्रशिक्षक, कोरियोग्राफरसहित ४० भन्दा बढी प्रतिनिधि सहभागी थिए ।