आज साउनको पहिलो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू)


काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथ लगायत देशभरिका शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ ।
आजको दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ। यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ ।