कैलालीमा विष खुवाएर शिक्षकको ह*त्या, तीन जना पक्राउ


कैलाली। धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पन्त जानकी गाउँपालिका(४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयका शिक्षक पन्तलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका–१ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाल रहेका छन् ।
उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
शनिबार दिउँसो खाजा खाने क्रममा बेहोस भएका शिक्षकलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।