ओलीलाई व्याङ्ग्य गर्दै भीम रावल भन्छन्–बाल्यकाल र राति सुतेको समय पनि घटाउने कि?
No Author Assigned | २०८२ साउन ५ गते ०९:२९
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको समय घटाउनुपर्ने अभिव्यक्तिप्रति नेता भीम रावलले व्याङ्ग्यात्मक जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमार्फत रावलले जेल बसेको समय घटाउने भए बाल्यकाल र काम नगरी सुतेको समय पनि घटाउने कि भन्दै व्याङ्ग्य गरेका हुन् ।
ओलीले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनुपर्ने प्रस्ताव गरेका थिए। ओलीको उक्त तर्कबारे रावलले व्याङ्ग्य गर्दै लेखेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ। के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रिय कमिटीको बैठकबाट अधिकारसम्पन्न कार्यदल गठन गर्ने कि ?’
Facebook Comments