गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै त्यसतर्फ गएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकेका छन् ।
चीन प्रस्थान गर्नुपूर्व मुख्यमन्त्री पाण्डेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूले बिदाइ गरेका थिए ।