Ad Image

उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/indira-rana-magar-ds-2023.jpg

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा गएकी छन् । उनी मंगलबार राति चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेकी हुन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, उपसभामुख राना साङ्घाई कोअपरेशन फोरम मिडिया एन्ड थिङ्क ट्यांक समिट मा सहभागी हुन त्यसतर्फ गएकी हुन् । हेनान प्रान्तमा साउन ७ देखि ११ गतेसम्म आयोजना हुने यस समिटमा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नेछिन् । उपसभामुख राना साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने पनि सहभागी छन् ।