Ad Image

माधव नेपाल भन्छन्– ‘कम्युनिस्ट आन्दोलनको भविष्य अझै छ'

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/HRB_KTM_1000206156.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् । 

बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौती आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको धारणा राखे ।

उनका अनुसार, चुनौतीहरूको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्न सके सही विचार प्राप्त गर्न सकिन्छ । उनले पार्टीभित्रका आन्तरिक कुराहरू पार्टीकै बैठकमा राख्न सुझाए ।

साथै, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गरे, पार्टीका विरुद्धमा लागे, जथाभाबी बोले वा अनुशासन तोडे, त्यसको प्रतिवाद गरिने चेतावनी पनि दिए ।