माधवसामु बामदेवले भने– ‘काम नदिए एकीकृत समाजवादीमा लामो समय बस्दिनँ’
No Author Assigned | २०८२ साउन ७ गते ११:१३
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले पार्टीमा काम गर्न नपाए धेरै समय नबस्ने चेतावनी दिएका छन् ।
बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष माधव नेपाललाई अगाडि राखेर उनले आफूलाई पद नभई कामसहितको कार्यक्षेत्र चाहिएको बताएका हुन् ।
हालै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई सिधै आग्रह गरे, “मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद। मलाई काम दिनुस्। काम दिनको निम्ति तपाईँहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस्।“
उनले कामबिनाको पद कुनै पनि हालतमा नचाहिने र त्यस्तो अवस्थामा आफू धेरै लामो समय पार्टीमा बस्न नसक्ने स्पष्ट पारे । गौतमले नेपालको संविधानमा लेखिएको समाजवाद निर्माण गरी देशलाई संसारको विकसित समाजमा पुर्याउनुपर्ने बताए ।
Facebook Comments