निर्यातले इतिहासकै उच्च बिन्दु हासिल गर्यो : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१\८२ मा नेपालको निर्यातले इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै यस आर्थिक वर्षमा नेपालले रू २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार आफू प्रधानमन्त्री हुनुअघि आर्थिक वर्ष २०८०\८१ मा नेपालको कुल निर्यात रू १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको थियो ।
यस वर्षको निर्यातले अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले वृद्धि भएको देखाउँछ, जुन निकै उत्साहजनक रहेको उनको भनाइ छ ।
Facebook Comments