देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सुरु भएको छ ।
बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, नेकपा एमालेसँगको सहकार्य, र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कार्यशैलीको समीक्षा लगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैली र सरकारले अघि बढाएका विभिन्न विधेयकका कारण कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको छ । यता, अनुशासन आयोगको कारबाहीले पनि इतर पक्ष बिच्किएको छ ।