Ad Image

मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/india_U0gkFka62I.jpeg

एजेन्सी । उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठूलो दुर्घटना भएको छ । प्रारम्भिक खबर अनुसार, यस घटनामा ६ जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन् ।

भागदौड मच्चिनुको कारण उच्च भोल्टेज लाइनको तार भाँचिएर मन्दिरको बाटोमा खस्नु रहेको बताइएको छ । त्यसबेला मन्दिरमा ठूलो संख्यामा भक्तजनहरू दर्शनका लागि उपस्थित थिए, जसका कारण अचानक त्रास फैलिएर स्थिति नियन्त्रण बाहिर गएको थियो ।

घटनास्थलमा तत्कालै राहत र उद्धार कार्य सुरु गरिएको थियो र घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एक्समार्फत घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।