Ad Image

अल्टिमेटमपछि नागरिक उन्मुक्तिमा फेरबदल: शिव बास्तोला कार्यवाहक अध्यक्ष

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ranjita-shiva.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चुलिँदै गर्दा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् ।

शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएको थियो । यसैबीच, अध्यक्ष श्रेष्ठले बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको पत्र सार्वजनिक गरेकी हुन् ।

उक्त पत्रमा श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था असहज रहेको र हालको अस्वस्थताका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा भौतिक उपस्थिति सम्भव नदेखिएको उल्लेख गरेकी छिन् ।

पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम बास्तोलालाई यो जिम्मेवारी दिइएको उनको भनाइ छ ।

श्रेष्ठले बास्तोलाले पार्टीको विधानको अधीनमा रही अध्यक्षको सम्पूर्ण अधिकार तथा कर्तव्यहरू निर्वाह गर्ने र पार्टीका गतिविधिहरूलाई सफलतापूर्वक अगाडि बढाउने विश्वास व्यक्त गरेकी छन् ।

उनको स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहनेछ । श्रेष्ठले बास्तोलाबाट यस अवधिमा पार्टीको हित र एकता कायम राख्दै काम गरिने अपेक्षा पनि राखेकी छन् ।