१० वर्षमा देशमा आमूल परिवर्तन देखियो : मन्त्री दाहाल


ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विगत १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल सकारात्मक परिवर्तन देखिएको बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री दाहालले सबैले खाना र लगाउन पाउने समाजको परिकल्पना अनुरुप देशका विभिन्न भागमा पूर्वाधार विकास भइरहेको उल्लेख गरे ।
उनले पहिला बाटो नपुगेका ठाउँमा अहिले बाटो पुगेको र पुलहरू बनिरहेको भन्दै विकासका दृश्यहरू बिस्तारै देखिँदै गरेको बताए ।
मन्त्री दाहालले सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रले लामो समयदेखि शिक्षण पेसा र साहित्यिक पत्रिका प्रकाशनमार्फत समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै, सिद्धिश्रमान श्रेष्ठको स्मृतिमा आयोजित सम्मान कार्यक्रमलाई महत्त्वपूर्ण भने ।
उनले श्रेष्ठको सामाजिक रूपान्तरणमा रहेको भूमिकालाई सम्मान गर्दै यस्ता कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।