‘अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन माग’


काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव रहेको र भ्रष्टाचार तथा अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले राज्यका प्रमुख अङ्गहरूप्रति जनविश्वास घटिरहेकोमा चिन्ता व्यक्त गरिन् । पन्तले राजनीतिक दलहरूबीचको अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीचको विश्वासको सङ्कट बढेको बताउँदै सरकारलाई गम्भीर बन्न आग्रह गरिन् ।
उनले सामान्य काममा पनि कर्मचारीले टेबुलमुनिबाट कारोबार गर्ने गरेको आरोप लगाइन् । सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले यसमा बोल्नुपर्ने प्रश्न गरिन् ।
उनले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएकाले राईमाथि महाअभियोग लगाउनसमेत माग गरेकी छन् ।