Ad Image

शक्ति सन्तुलनबिना लोकतन्त्र फस्टाउन सक्दैन : शेखर कोइराला

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/_DG_3208.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन् ।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीद्वारा आयोजित पूर्वप्रशासक थापाको १०३औँ जन्मजयन्तीको अवसरमा उनले राज्यका प्रमुख अंगहरूबीच शक्ति सन्तुलन नभए प्रजातन्त्रमाथि नै चुनौती आउन सक्ने धारणा राखे ।

उनले प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णयहरू निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिलाई नभई राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।