टेरामक्स प्रकरण: दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासँग ३ लाख धरौटी माग

No Author Assigned | २०८२ साउन ११ गते १२:२८
Image of https://mayorsap.com/storage/photos/10/digambar jha.jpg

काठमाडौं । टेरामक्स प्रकरणमा आरोपित नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग विशेष अदालतले ३ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो आदेश दिएको हो ।

झासहित प्राधिकरणका सञ्चालक समितिका पदाधिकारीहरूले कानुनी प्रक्रियाबिना नागरिकको गोप्य विवरणमा पहुँच राख्न रोक लगाएको अवस्थामा पनि टेरामक्स खरिदको निर्णय गर्दै प्रक्रिया अघि बढाएको आरोप छ ।


Facebook Comments