उपेन्द्र यादव भन्छन्– 'विश्रामको समय छैन, चुनावको तयारीमा जुटौं'


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दालाई जनताको घरदैलोमा पुर्याउन पार्टीसम्बद्ध नेताहरूलाई निर्देशन दिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आज सम्पन्न केन्द्रीय विभाग र जनवर्गीय सङ्गठन प्रमुखहरूको संयुक्त बैठकमा यादवले वर्तमान अन्योलपूर्ण राजनीतिक परिस्थितिमा जनतामा पार्टीको सन्देश स्पष्ट रूपमा पुर्याउन आवश्यक रहेको बताए ।
उनले पार्टी सङ्गठन सुदृढीकरण, प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकास र आगामी चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘अब विश्राम वा चुप लाग्ने समय छैन ।सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्छ,’ यादवले भने ।
बैठकमा जनसम्पर्क विस्तार र जनवर्गीय सङ्गठनको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जसपाले जनाएको छ ।