Ad Image

टोपबहादुर रायमाझीको मुद्दा छिटो टुंग्याउन रास्वपाको माग

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Top-bahadur-Rayamajhi-1711599371-1024x645.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले नक्कली भुटानी शरणार्थी प्रकरणमा भद्रगोल जेलमा रहेका एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीको मुद्दा छिटो टुंगोमा पुर्याउन माग गरेका छन् ।

आज रायमाझीलाई जेलमा भेटेपछि भुसालले दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहँदा अर्घाखाँची जिल्ला प्रतिनिधिविहीन भएको र यसले समग्र विकास निर्माणमा असर पारेको बताए । उनले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आउनुपर्नेमा जोड दिए ।

रायमाझीका पूर्व प्रतिस्पर्धी भुसालको यो भनाइ माओवादी केन्द्रका नेता जनार्दन शर्माले रायमाझीलाई भेटेर राजनीतिक पूर्वाग्रहका कारण थुनामा राखिएको र चाँडै रिहाइ हुने अपेक्षा व्यक्त गरेपछि आएको हो ।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन यस मुद्दामा जाहेरीवाला र साक्षीको बयान सकिएको छ भने साउन १८ गते पेसी तोकिएको छ । रायमाझीलाई २०८० वैशाख ३१ गते पक्राउ गरी असार १ गते पुर्पक्षका लागि थुनामा राखिएको थियो ।