Ad Image

गोसाइँकुण्डमा बेपत्ता दाजुभाइ मृ*त फेला

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/543.png

विराटनगर । रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका दुई दाजुभाइ मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने सोमबार बिहान १० बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरू मामा–फुपूका छोराहरू थिए ।

मृतकका दाजु विवेक मिश्रका अनुसार, एक भाइ नुहाउँदा चिप्लिएपछि अर्का भाइ उद्धार गर्न जाँदा दुवै जना बेपत्ता भएका थिए । साउन १० गते साथीभाइसँग काठमाडौंबाट गोसाइँकुण्ड गएका उनीहरूको शव काठमाडौं ल्याउने प्रयास भइरहेको छ ।