Ad Image

सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bimal paudel.jpg

काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ ।

सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार पौडेललाई यो जिम्मेवारी दिएको हो ।

गत आइतबारदेखि देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि मुख्य रजिस्ट्रार पद रिक्त थियो ।

नेपालमा २०७४ साल असारदेखि सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिस्ट्रार राख्ने अभ्यास चल्दै आएको छ ।