Ad Image

‘सांसदहरूको भूमिका थप जिम्मेवार बनाउनुपर्नेमा जोड’

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1712814271_vuv vuv vuv.jpg

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले विधि निर्माणदेखि कार्यान्वयनसम्म सांसदहरूको भूमिका अझ जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याएकी छिन् ।

आज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार र सांसदहरूको भूमिका विषयक राष्ट्रिय संवाद कार्यक्रममा उनले सामाजिक समानता र लैङ्गिक न्याय सुनिश्चित गर्न संसद्लाई थप सक्रिय बनाइनुपर्नेमा जोड दिइन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा र स्वास्थ्यमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहुँच सन्तोषजनक नहुनु दुःखद् रहेको भन्दै, आगामी दिनमा समावेशी नीति निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

इन्क्लुसिभ फोरम नेपाल, मायाको पहिचान नेपाल र लिड नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सांसद, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता थियो ।