Ad Image

दशौं राष्ट्रिय खेलकुद मंसिरभित्र सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RSS-Image2025-07-28at11.30.48AM.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ओलीले सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा यो प्रतियोगिता आयोजना हुन लागेकाले तयारी थाल्न भनेका हुन् ।

उनले प्रतियोगिताको मिति र स्थानको राम्रो अध्ययन गरी निर्णय गर्न र एकपटक निर्णय भएपछि परिवर्तन नगर्न पनि आग्रह गरे । राखेपका संरक्षकसमेत रहेका ओलीले मन्त्रालय र राखेपको नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा जोड दिए ।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलगायतको सहभागिता थियो ।