Ad Image

नेप्सेमा सामान्य गिरावट हुँदा १९ अर्बको कारोबार

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepse.jpeg

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २.०७ अंकले घटेर २९६२ अंकमा कायम भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजनले गर्दा बजार बढेर पनि घटेको हो । 

आइतबार पनि बजार १८.४४ अंकले घटेको थियो । कारोबार रकममा भने कमी आएको छ । अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडमा सीमित भयो ।

समूहगत रूपमा, विकास बैंक (३.०४%) र व्यापार (३.२४%) समूहमा ३ प्रतिशतभन्दा बढीको वृद्धि देखियो । फाइनान्स र उत्पादन तथा प्रशोधन समूह पनि बढे । यद्यपि, बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह भने घटे ।

आज समता घरेलु लघुवित्त र सान्भी इनर्जीको मूल्य १० प्रतिशतले बढ्यो। सान्भी सूचीकृत भएयता लगातार बढ्दै ६९८.६२ रुपैयाँ पुगेको छ । बजारको पुँजीकरण ४९ खर्ब ४२ अर्बमा झरेको छ ।