लुम्बिनीका नवनियुक्त खेलकुद मन्त्री पाण्डेले शपथ लिए


बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले शपथ लिएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लोसपाका संसदीय दलका नेता पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका अन्य मन्त्रीहरू र उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति थियो ।