Ad Image

बिहीबार विश्वासको मत लिँदै मुख्यमन्त्री शाह

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cm-Kamal-bahadur-Shaha.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बिक्रम सिंह धामीले शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरिएको र प्रदेश सभा सदस्यहरूलाई साउन १५ गतेसम्म धनगढी नछाड्न निर्देशन दिइएको जानकारी दिए ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उक्त दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही संवैधानिक व्यवस्थाअनुसार शाहले विश्वासको मत लिन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा (एक जना निलम्बित बाहेक) ५२ जना प्रदेश सभा सदस्य छन् । विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । हाल मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसका १८ र एमालेका ११ गरी कुल २९ जना सांसदको समर्थन रहेको बताइएको छ ।

प्रतिपक्षमा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ३ जना, राप्रपा र एक जना स्वतन्त्र सांसद रहेका छन् ।