आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
No Author Assigned | २०८२ साउन १३ गते २०:३८
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा रू. ६ सयले घटेर रू. १,९३,००० मा कारोबार भइरहेको छ। सोमवार सुनको मूल्य तोलामा रू. १,९३,६०० रहेको थियो।
यता, चाँदीको मूल्यमा भने पाँच रुपैयाँको वृद्धि भएको छ। सोमवार प्रति तोला रू.२,२९५ मा कारोबार भएको चाँदी आज रू. २,३०० पुगेको छ।
यसैगरी, १० ग्राम सुनको मूल्य आज रू. १,६५,४६५ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य रू. १,९७२ रहेको छ।
सुनचाँदीका मूल्यहरू अन्तर्राष्ट्रिय बजार, विनिमय दर र माग–आपूर्तिको आधारमा दैनिक रूपमा घटबढ हुने गर्छन्।
Facebook Comments